सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल जेठ ५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हंसपुर कठपुल्ला-९, धनुषा निवासी श्री महेन्द्र प्रसाद सिंह राजपुतलाई साउदी अरेवियाका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(केशव प्रसाद घिमिरे)

उपसचिव