सम्माननीय राष्ट्रपतिज्यूबाट व्यवस्थापिका-संसदको अधिवेशन आह्वान

आज मिति २०७४ साल जेठ ५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा सम्वत् २०७४ साल जेठ ८ गते सोमबारका दिन १३.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा वस्ने गरी व्यवस्थापिका-संसदको अधिवेशन आह्वान गर्नुभएको छ ।

(केशव प्रसाद घिमिरे)

उपसचिव