उभौली पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

किराँत धर्मावलम्बीहरुको  पवित्र एवं महान उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताका बिचमा अनुपम एकता रहेको हाम्रो देश नेपालको मौलिक संस्कृति सहितको एक प्रमुख समुदाय किराँतहरुको उभौली पर्वले नेपालीहरुवीच आपसी सद्‌भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले आशा लिएको छु ।

संघीय लोकतान्त्रिक संविधानको माध्यमवाट आर्थिक र सामाजिक रुपान्तरण गरी दिगो शान्ति कायम गर्ने दिशामा अग्रसर वर्तमान अवस्थामा सबै समुदायका नेपालीहरुमा राष्ट्रलाई एकता, सहिष्णुता र सद्‌भाव कायमगरी समृद्ध र विकसित समाज निर्माण गर्न यस महान पर्वले थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

 

धन्यवाद !

२०७४ वैशाख २७ गते  बुधवार ।