सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाका कायममुकायम प्रधान सेनापति तोक्नु भएको

आज मिति २०७४ साल जेठ ३ गते बुधबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राज्य अमेरिकाको अलास्का, US PACOM तथा USARPAC को भ्रमण र सो पश्चात हवाईको होनोलुलुमा सञ्चालन हुने The 2017 Land Forces of the Pacific (LANPAC) Conference मा सहभागी हुन मिति २०७४/०२/०३ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरी मिति २०७४/०२/१२ मा स्वदेश फर्कनु हुने भएकोले प्रधान सेनापतिको अनुपस्थिति अवधिभर सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाली सेनाका व्य.नं. ११८१ बलाधिकृत रथी बलदेवराज महतलाई कायममुकायम प्रधान सेनापति तोक्नु भएको छ।

(केशव  प्रसाद घिमिरे)

उपसचिव