सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले २० औँ हस्तकला व्यापार मेलामा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू, माननीय मन्त्रीज्यूहरू, महानगरका प्रमुख तथा उपप्रमुखज्यूहरू, उद्यमी व्यवसायीहरू, महिला तथा सज्जनवृन्द ! हस्तकला दिवसका अवसरमा आयोजित यस २० औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगितामा उपस्थित भएर देशभरिका हस्तकला उद्यमी, व्यवसायी एवम् हस्तकलाका शिल्पीहरूसँग साक्षात्कार गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवम् संवद्र्धन गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवम् गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिन्छ । यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने Read More …

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) को ३७ औँ सम्मेलनमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले दिनुभएको मन्तव्य

पूर्वप्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षज्यू, क्यासीका अध्यक्षज्यू, एसिया-प्रशान्त क्षेत्रका उद्यमी र व्यापारीहरूज्यू, महिला तथा सज्जनवृन्द ! एसिया प्रशान्त क्षेत्रीय उद्योग परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को संयुक्त आयोजनामा नेपालमा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनको उद्घाटन समारोहमा गर्नुभएको आमन्त्रणका लागि धन्यवाद ज्ञापन गर्दछु । सुन्दर राष्ट्र नेपालमा सन् २०१२ पछि दोस्रो पटक यो सम्मेलन आयोजना गर्न पाउनु नेपालीको लागि खुसीको कुरा हो । यस महत्त्वपूर्ण भेलामा म सबैलाई हार्दिक स्वागत गर्दछु । यस सम्मेलनको विषयवस्तु “चेम्बर अफ कमर्स – व्यवसायहरूलाई भविष्यका लागि तयार पार्न मद्दत गर्दै”  ले गहिरो भाव र प्रभाव बोकेको छ । Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतारोहण सङ्घको वार्षिकोत्सव समारोहमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीज्यू, अन्तर्राष्ट्रिय पर्वतारोहण महासङ्घ (UIAA) का अध्यक्ष पिटर मुइर, एसियाली पर्वतारोहण महासङ्घ (UIAA) का अध्यक्ष डा. इन ज्युङ ली, एसियाली पर्वतारोहण महासङ्घमा सहभागी हुन आउनुभएका प्रतिनिधिहरू, उपस्थित महिला तथा सज्जनवृन्द !   नेपाल पर्वतारोहण सङ्घले हिमाल तथा हिमाली पर्यटनको प्रवद्र्धन क्षेत्रमा कार्यरत रहेर पचास वर्ष पूरा गरेको यस अवसरमा म हृदयदेखि नै बधाई दिन चाहन्छु । यो अवधिमा सङ्घ विभिन्न आरोहअवरोहबाट गुज्रिए पनि विगत पाँच दशकमा पर्वतारोहण पर्यटनको क्षेत्रमा यस संस्थाले छुट्टै छवि निर्माण गर्न सक्नु खुसीको विषय हो । हाम्रो पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न नेपाल पर्वतारोहण सङ्घले पुर्‍याएको योगदानलाई Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलनको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा दिनुभएको मन्तव्य

एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन उच्चस्तरीय आयोजक समितिका संयोजकसमेत रहनुभएका माननीय परराष्ट्रमन्त्री, माननीय मन्त्रीहरू, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष तथा पदाधिकारीहरू, विभिन्न मुलुकबाट आउनुभएका गैरआवासीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, उपस्थित महिला तथा सज्जनवृन्द ! “नेपालीका लागि नेपाली” भन्ने मूल नारा तथा ‘ज्ञान र रूपान्तरण: समृद्धिको आधार’ भन्ने विषयमा केन्द्रित भई आयोजना गरिएको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलनको उदघाट्न गर्न पाउँदा खुसी लागेको छ । मलाई आमन्त्रण गरेर आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु। नेपाल र नेपालीको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने कार्यमा ठोस योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न गैरआवासीय नेपाली सङ्घले Read More …

सम्मानननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट काठमाडौँ विश्वविद्यालयको इनोभेसन सेन्टरको भवन उद्घाटन समारोहलाई सम्बोधन

यस सभाका अध्यक्ष एवम् काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाज्यू, रजिस्ट्रार अच्युत वाग्लेज्यू, नेपालका लागि गणतन्त्र कोरियाका महामहिम राजदूतज्यू, कोइकाका प्रतिनिधिज्यू, प्राध्यापकज्यूहरू तथा उपस्थित महानुभावहरू ! नेपालको विद्वत्वर्ग, कूटनीतिज्ञहरू, नीति निर्माता र खोज-अनुसन्धानदाताहरू उपस्थित यो विशेष समारोहबीच नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (NTIC) भवनको उद्घाटन गर्न आमन्त्रण गर्नुभएकोमा आयोजक काठमाडौँ विश्वविद्यालय परिवारलाई म धन्यवाद दिन चाहन्छु । आजको युग विज्ञान-प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको हो । नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसक्नुको कारण इतिहासका महत्त्वपूर्ण कालखण्डमा यी क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवम् व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि पर्नु नै हो । भविष्यको Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले जनकपुरको नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

महान् मिथिला-सभ्यताका वन्दनीय सन्तति, दाजुभाइ, दिदीबहिनीहरू ! राजर्षि विदेह जनक र साक्षात् आदिशक्ति भूमिजा जानकीको प्राकट्यभूमि, याज्ञवल्क्य, अष्टावक्र, गार्गी र मैत्रेयीको ज्ञानदीप्त धरित्री, विश्वकै प्रथम ग्रन्थ ऋग्वेदको प्रथम मण्डलका मन्त्रद्रष्टा ऋषिको अवतरण भूमि, न्याय, वैशेषिक, साङ्ख्य, मीमांसाजस्ता गहन दर्शनको प्रतिपादन एवम् अष्टावक्र महागीता तथा बृहदारण्यक उपनिषद्जस्ता महान् ग्रन्थ-अन्तर्निहित तत्त्वविमर्शको परा-चिन्तन-भूमि, सृष्टिको रहस्यबीज गर्भित यस देवस्थलको पावन भूमिमा पाइला नटेकी शिरै टेकी हिँड्नुपर्ने ठाउँमा पाइला टेक्ता पनि पाप लागेको हो कि भन्ने अनुभूतिसहित म यस माटोको धूलोको चन्दन पटक-पटक आफ्नो शिरमा लगाउँछु । म यहाँहरूको हृदयमा विराजित भगवत-तत्त्वलाई पटक-पटक प्रणाम गर्दछु । मधेश प्रदेशअन्तर्गत रहेको भोजपुरा क्षेत्रको सभ्यता, भाषा, साहित्य, संस्कृति Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले जिल्ला समन्वय समितिको सभाहल उद्घाटन कार्यक्रमको सम्बोधन

उपस्थित सम्पूर्ण तनहुँवासी दिदीबहिनी तथा दाजुभाइहरू ! सर्वप्रथम म यहाँ सम्पूर्ण तनहुँवासीहरूले जिल्लाबाट जनप्रतिनिधिका रूपमा निर्वाचित गराएर संविधानको पालक, संरक्षक र अभिभावकका रूपमा राष्ट्रको सर्वोच्च पद ́राष्ट्रपति́ सम्म पुग्न प्रकट गर्नुभएको शुभेच्छा, माया, सद्भाव र सहयोगका लागि हार्दिक आभार प्रकट गर्दछु । राष्ट्रकै अभिभावकको जिम्मेवारी पाउँदासम्म बेहोरेको दु:खकष्टमा साथ दिएको आफू जन्मेको यो माटोमा राष्ट्रको अभिभावकको जिम्मेवारी पाएपछि पहिलो पटक टेक्न पाउँंदा गर्वले भावविह्वल भएको छु । तपार्इँहरूले मेरो राजनीतिक सङ्घर्ष, योगदान र क्षमतालाई विश्वास र सम्मान गर्दै  पटकपटक जनप्रतिनिधिका रूपमा निर्वाचित गराएर देश र राष्ट्रिय तथा शासकीय राजनीतिको महत्त्वपूर्ण भूमिकामा काम गर्ने जुन मौका दिनुभयो त्यसप्रति पनि आजका दिनमा Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा गर्नुभएको सम्बोधन  

 कार्यक्रममा अध्यक्षता गरिरहनुभएका प्रेस काउन्सिल नेपालका अध्यक्षज्यू, माननीय मन्त्रीज्यू, उपस्थित सञ्चारकर्मी तथा अन्य महानुभावहरू ! सर्वप्रथम प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सवका अवसरमा प्रेस काउन्सिल परिवार र सिङ्गो नेपाली प्रेस जगत्लाई बधाई एवम् शुभकामना दिन चाहन्छु । स्वस्थ पत्रकारिता विकासका लागि उपयुक्त वातावरण सिर्जना गरी यो क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन स्थापित प्रेस काउन्सिलले आज स्थापना दिवस मनाउन गइरहेकोमा मलाई खुसी लागेको छ । प्रेस काउन्सिलको बेग्लै इतिहास, गरिमा र महत्त्व छ । त्यसलाई झन् बढाउन आजको दिनले सबैलाई प्रेरित गरोस् भनी म यो अवसरमा पुन: शुभकामना दिन चाहन्छु । लोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रूपमा लिइन्छ । कुनै Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा आयोजित समारोहमा गर्नुभएको सम्बोधन

सम्माननीयज्यूहरू माननीयज्यूहरू उपस्थित महामहिम राजदूतज्यूहरू आदरणीय दिदीबहिनी दाजुभाइहरू आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैं लेख्ने नेपाली जनताको ७ दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज आठ वर्ष पूरा भएको छ । यो गौरवमय क्षणमा म सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौं यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई अपार सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । त्यस्तै, लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरूलाई Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडलज्यूले सर्वदलीय बैठकमा गर्नुभएको सम्बोधन

सम्माननीय प्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्ष दलका नेताज्यू, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिज्यू ! सर्वप्रथम म यस राष्ट्रपति भवन शीतल निवासमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। राष्ट्रपतिमा निर्वाचित भएपछि तपाईँहरूसँग भेट्ने चाहना भए पनि विभिन्न कारणले ढिलो भयो । तथापि आज यो समय जुरेको छ । समय र सहभागिताका लागि यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ । संविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा म सधैँ चिन्तित रहेको छु । यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दु:ख पाएको कार्यकर्ता हुँ Read More …