सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को शुभकामना सन्देश संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । सात दशक लामो जनताको आन्दोलन, त्याग र बलिदानबाट नेपालको संविधान जारी भएर आठ वर्ष पूरा भएको आजको यस सुखद अवसरमा म सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । त्यस्तै, मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापनार्थ पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति अपार सम्मान एवम् श्रद्धा प्रकट गर्दछु । वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र Read More …