सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व¸ २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश
छठ पर्व¸ २०७७ को शुभकामना सन्देश छठ पर्व, २०७७ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत हर्षोल्लासका साथ मनाइन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि पञ्चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ । यस पर्वमा सूर्य देवता र छठी माताको पूजा-अर्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, समाज Read More …