सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले इद-उल-अज्हा (बकर इद) पर्व, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश
इद-उल-अज्हा (बकर इद) पर्व, २०८२ को शुभकामना सन्देश मुस्लिम समुदायको महान् पर्व इद-उल-अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदान प्रदान गर्ने र खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई इद-उल-अज्हाको नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ । विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाड पर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा Read More …