सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले आदिकवि भानुभक्‍त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा दिनुभएको शुभकामना सन्देश

आदिकवि भानुभक्‍त आचार्यको २१३ औँ जन्मजयन्तीको सन्देश आदिकवि भानुभक्‍त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा उहाँलाई स्मरण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली भाषाप्रेमी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्‍त गर्दछु । पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा वि. सं. १८७१ असार २९ गते आदिकवि भानुभक्‍त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन सम्पूर्ण नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीहरूद्वारा विविध कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ । आदिकवि भानुभक्‍त आचार्यले घाँसीबाट प्रभावित भएर समाजका लागि केही गर्ने अठोट लिनुभएको थियो । Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २३औँ राष्ट्रिय धान दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश

२३औँ राष्ट्रिय धान दिवस, २०८३ को शुभकामना सन्देश २३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । कृषिमा परनिर्भरता बढ्दै गएका कारण आफ्नै देशमा धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो । यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने आदर्श वाक्यका साथ २३औँ राष्ट्रिय धान दिवस, २०८३ मनाइरहेका छौँ । नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बाह्रौं विश्व योग दिवस (२१ जुन २०२६) को अवसरमा दिनुभएको शुभकामना सन्देश

बाह्रौं विश्व योग दिवस, (२१ जुन २०२६) को शुभकामना सन्देश बाह्रौं विश्व योग दिवस  (२१ जुन २०२६) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई विश्व योग दिवसका रूपमा मनाउन सुरु गरिएको हो । हामी यस वर्ष ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने आदर्श वाक्यको साथ योगको मर्म र भावनाबमोजिम विश्व योग दिवस मनाइरहेका छौं । योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास हो । यसमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन हुन्छ । योगलाई  शारीरिक अभ्यास तथा Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व वातावरण दिवस, (जुन ५) २०२६ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व वातावरण दिवस, (जुन ५) २०२६ को शुभकामना सन्देश विश्व वातावरण दिवस (जुन ५) २०२६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रकृति र वातावरण मानव जीवनको आधार हो । स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल र जैविक विविधताको संरक्षण गर्नु हाम्रो साझा अधिकार हो । संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसको  रूपमा मनाउन थालिएको हो । यस वर्ष ‘‘समृद्ध भविष्यको आधारः जलवायु एवम् प्रकृतिमैत्री विकास’’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहेका छौँ । जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को शुभकामना सन्देश जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्‌भावको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिवद्ध बन्न प्रेरणा प्रदान गरेको छ । वि.सं. २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई “जातीय छुवाछुत मुक्त राष्ट्र” घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा मनाउँदै आएका छौँ Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले आठौं राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

आठौं राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को शुभकामना सन्देश आज जेठ १६ गते “महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान” भन्ने आदर्श वाक्यका साथ मनाउन लागिएको आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा महिलाको हक अधिकार सुनिश्‍चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु । वि.सं. २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गर्दै जेठ १६ गतेलाई हामीले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गणतन्त्र दिवस,२०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गणतन्त्र दिवस, २०८३ को शुभकामना सन्देश १९औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व  गर्ने राजनीतिक दलका श्रद्धेय  नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु । नेपाली जनताको लामो संघर्ष र बलिदानको प्रतिफल स्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट वि.सं. २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ईद-उल-अज्हा (बकर इद) पर्व, २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद-उल–अज्हा (बकर इद) पर्व, २०८३ को शुभकामना सन्देश मुस्लिम समुदायको महान् पर्व ईद-उल-अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले मातृभूमिसँगको आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्‍याउने विश्वास लिएको छु । मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एक आपसमा  खुसी, सद्‌भाव तथा  शुभकामना आदान प्रदान गर्ने र खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई  ईद-उल-अज्हाको नमाज पढ्नुका साथै शुभकामना साटासाट  गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ । विश्वास, समर्पण र समाज Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ को शुभकामना सन्देश विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकार, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रूपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ । प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकोले लोकतन्त्रका लागि भएका  विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको छ । प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जान्छ । प्रेस Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २५७०औँ बुद्ध जयन्ती को अवसरमा दिनुभएको शुभकामना सन्देश

२५७०औँ बुद्ध जयन्तीको शुभकामना सन्देश बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५७० ‍औँ बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवम् सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ । यस दिन गुम्बा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा-अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण Read More …