नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाका स्थल सेनाध्यक्ष General Manoj Pande लाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभयो । उक्त समारोहमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरूका साथै नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति रहेको थियो । समारोह पश्‍चात् सम्माननीय राष्ट्रपतिज्यूसमक्ष स्थल सेनाध्यक्ष General Manoj Pande ले शिष्‍टाचार भेट समेत गर्नु भयो । २०७९ भदौ २० गते सोमबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गौरा पर्व, २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश

गौरा पर्व, २०७९ को शुभकामना सन्देश गौरा पर्व, २०७९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म  विशेषगरी नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व एक महत्त्वपूर्ण सांस्कृतिक चाड हो । यस पर्वको अवसरमा शिव र पार्वती अर्थात् गौराको पूजा आराधना गरी व्रत बस्नाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख‚ शान्ति र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ । गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएकाहरू घर फर्कने‚ विवाहिता महिलाहरू माइत जाने‚ गहुँ‚ केराउ, गहत लगायत पाँच प्रकारका अन्नहरूको मिश्रणबाट Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले हरितालिका (तीज), २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश

हरितालिका (तीज), २०७९ को शुभकामना सन्देश नेपाली महिलाहरूको महान् पर्व हरितालिका (तीज)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हिन्दू धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्‍चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्त्व रही आएको पाइन्छ । परापूर्व कालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ  । नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्‌भाव कायम गर्न समेत अवसर निर्माण गर्दै आएको छ । तसर्थ, तीज पर्वलाई महिला जागरणको Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. साउदी अरेबिया H.E. Mr. Saad Nasser Abdullah Abu Haimed आवासीय २. स्लोभाक गणतन्त्र H.E. Mr. Robert Maxian गैरआवासीय २०७९ साल भदौ १० गते शुक्रबार (सागर आचार्य) प्रवक्ता H.E. Mr. Saad Nasser Abdullah Abu Haimed H.E. Mr. Robert Maxian

“Global Council for Tolerance & Peace” संस्थाका अध्यक्ष माननीय अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनु भएका “Global Council for Tolerance & Peace” संस्थाका अध्यक्ष माननीय अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबाट राष्ट्रपति भवन, महाराजगञ्‍जमा शिष्टाचार भेट भयो । उक्त अवसरमा प्रतिनिधि सभाका माननीय सदस्य श्री हृदयेश त्रिपाठी, प्रतिनिधिमण्डलमा विभिन्न आठ देशका संस्थासंग आवद्ध सदस्य तथा माननीय सांसदहरू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो । २०७९ साल भदौ ७ गते मङ्गलबार  । (सागर आचार्य) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/५/५ २ ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९/५/५ २०७९ साल भदौ ५ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । तपसिल क्र.सं. राजदूत मुलुक १. श्री निर्मलराज काफ्ले गणतन्त्र ब्राजिल २. प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी) गणतन्त्र कोरिया २०७९ साल भदौ ५ गते आइतबार (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ६३औँ वार्षिकोत्सव तथा वृहत् स्तनपान व्यवस्थापन केन्द्र (अमृत कोष)को समुद्‍घाटन कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री‚ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक, राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ६२ बर्ष पूरा गरी ६३ बर्षमा प्रवेश गरेको सुखद् अवसरमा आयोजित यस कार्यक्रममा सहभागी भई तपाईँहरूसँग भेटघाट गर्न पाएकोमा मलाई अत्यन्त खुसी  लागेको छ, म खुसी व्यक्त गर्द चाहन्छु । साथै‚ यस अवसरमा अस्पतालले ह्युमन मिल्क बैंकको रूपमा ‘बृहत् स्तनपान व्यवस्थापन केन्द्र (अमृतकोष)’ स्थापना गरी सञ्चालनमा ल्याएकोमा समस्त अस्पताल परिवार तथा सेवाग्राहीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । अस्पतालको ६३औँ वार्षिकोत्सव तथा अमृत कोष स्थापनाको यस सुखद् अवसरमा सम्पूर्ण अस्पताल परिवारका साथै स्थापनाकालदेखि नै Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले श्रीकृष्ण जन्माष्टमी पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०७९ को शुभकामना सन्देश भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू छन्  । धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिन्छ । सांस्कृतिक मान्यताअनुसार कृष्ण लीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्दछ । त्यसैगरी, हिन्दुहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ट्होटें पर्वका अवसरमा तमु धिँ नेपाल, पोखराद्वारा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख‚ गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री‚ पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरू, तमु धिँ, नेपालका संस्थापक अध्यक्ष, राष्ट्र सेवकहरू, तमु दिदीबहिनी तथा दाजुभाइहरू, उपस्थित महिला तथा सज्जनवृन्द । सर्वप्रथम तमुहरूको महत्वपूर्ण सांस्कृतिक पर्व ट्होटेंको अवसरमा आयोजित यस उल्लासमय कार्यक्रममा सहभागी भई तपाईँहरूसँग सात्क्षात्कार गर्न पाउदा मलाई अत्यन्तै खुसी लागेको छ । ट्होटें पर्वको यस सुखद् अवसरमा सम्पूर्ण तमु समुदायमा म हार्दिक शुभकामना व्यक्त गर्दछु । गण्डकी प्रदेशको, खासगरी हिमाली भेग, गुरुङ भाषा र संस्कृतिको उद्‌गम स्थल मानिन्छ । यो क्षेत्र प्राकृतिक सम्पदा र जैविक विविधताले भरिपूर्ण छ । प्राचीनकालदेखि नै यहाँको माटो, ढुङ्गा, वन जङ्गल र कृषियोग्य जमिनमा मात्र होइन, Read More …