राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । तपसिल क्र.सं. राजदूत मुलुक १. श्री तीर्थराज वाग्ले बहराइन २. श्री डोरनाथ अर्याल ओमान ३. श्री नवराज सुवेदी साउदी अरेविया ४. श्री वासुदेव मिश्र श्रीलंका ५. श्री भरतकुमार रेग्मी अष्ट्रिया तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि ६. श्री सुशिलकुमार लम्साल इजिप्ट ७. श्री घनश्याम भण्डारी बंगलादेश २०७९ साल असार ३१ गते शुक्रबार Read More …

आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री घनश्याम भण्डारीलाई बङ्गलादेशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल असार ३० गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा दंगालज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७/०७८ को महालेखापरीक्षकको उनन्साठिऔं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । २०७९ असार २९ गते बुधबार (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार‚ २०७७/७८ वितरण कार्यक्रममा गर्नुभएको सम्बोधन

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री श्री माधवकुमार नेपाल‚ माननीय संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री‚ विभिन्न प्रज्ञा प्रतिष्ठानका कुलपति‚ उपकुलपति तथा पदाधिकारीहरू‚ आज पुरस्कृत हुनुभएका व्यक्तित्वहरू‚ राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक एवं लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व पुष्पलाल श्रेष्ठको स्मृतिमा संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’को स्थापना गरी विभिन्न विधामा कृयाशील श्रष्टाहरूलाई पुरस्कृत एवं सम्मानित गर्नु सराहनीय कार्य हो । आज विक्रम संवत् २०७७ र ७८ सालको पुष्पलाल राष्ट्रिय पुरस्कार समर्पण गरिने यस कार्यक्रममा सहभागी भएर तपाईँहरूसँग भेट गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । म तपाईँहरूलाई राष्ट्रपतिको कार्यालयमा Read More …

राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री सुशिलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा र श्री भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गर्नुभएको छ । २०७९ साल असार २७ गते सोमबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले इद उल अज्हा (बकर इद) पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

 इद उल अज्हा (बकर इद) पर्व, २०७९ को शुभकामना सन्देश इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्‍व शान्ति र भाइचाराको सन्देश दिने चाड हो । यो पर्व एक आपसमा खुसी, सद्‍भाव तथा  शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ । नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधता बिचको एकता नै हाम्रो राष्ट्रिय पहिचान र Read More …

राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री डोरनाथ अर्याललाई ओमन, श्री नवराज सुवेदीलाई साउदी अरेबिया र श्री वासुदेव मिश्रलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल असार २४ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

विधेयकहरू प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/२४ २ बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/२४ २०७९ साल असार २४ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‌का माननीय अर्थ मन्त्री श्री जनार्दन शर्माले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा अर्थ मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । २०७९ साल असार २२ गते बुधबार (सागर आचार्य) प्रवक्ता

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष देहाय बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरूले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन 1. श्री मृगेन्द्रकुमार सिंह यादव मन्त्री कृषि तथा पशुपन्छी विकास 2. श्री मोहम्मद इश्तियाक राई मन्त्री भौतिक पूर्वाधार तथा यातायात 3. श्री प्रदीप यादव मन्त्री वन तथा वातावरण २०७९ साल असार २० गते सोमबार (सागर आचार्य) प्रवक्ता