विधेयकहरू प्रमाणीकरण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति
बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/२४
बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/३/२४

२०७९ साल असार २४ गते शुक्रबार ।

(सागर आचार्य)

प्रवक्ता