राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री डोरनाथ अर्याललाई ओमन, श्री नवराज सुवेदीलाई साउदी अरेबिया र श्री वासुदेव मिश्रलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

२०७९ साल असार २४ गते शुक्रबार ।

(सागर आचार्य)

प्रवक्ता