राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री सुशिलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा र श्री भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गर्नुभएको छ ।

२०७९ साल असार २७ गते सोमबार ।

(सागर आचार्य)

प्रवक्ता