सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको विभिन्‍न धारा बमोजिम संवैधानिक परिषद्को सिफारिसमा तपसिल अनुसार संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको आज मिति २०७७ साल माघ २१ गते बुधबारका दिन नियुक्त गर्नुभएको छ ।

तपसिल

क्र.सं. संवैधानिक निकाय पद नामथर
१.    अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त श्री प्रेम कुमार राई
आयुक्त श्री किशोर कुमार सिलवाल
आयुक्त श्री जय वहादुर चन्द
२. निर्वाचन आयोग निर्वाचन आयुक्त श्री राम प्रसाद भण्डारी
निर्वाचन आयुक्त डा. जानकी कुमारी  तुलाधर
३. राष्ट्रिय मानव अधिकार आयोग अध्यक्ष श्री तप वहादुर मगर
सदस्य डा. सूर्य प्रसाद शर्मा ढुङ्गेल
सदस्य श्री मिहिर ठाकुर
सदस्य श्री मनोज दुवाडी
सदस्य श्री लिली हजुर बस्न्यात
४. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सदस्य श्री जुद्ध बहादुर गुरुङ
सदस्य श्री अमर राज मिश्र
५. राष्ट्रिय महिला आयोग अध्यक्ष श्री कमला कुमारी  पराजुली
सदस्य श्री कृष्ण कुमारी पौडेल
सदस्य श्री विद्याकुमारी सिन्हा
६.

 

 

राष्ट्रिय दलित आयोग अध्यक्ष श्री देवराज विश्वकर्मा
सदस्य श्री मीना देवी सोब
सदस्य श्री टुन्जे कामी
सदस्य श्री मेहले पार्की
७. राष्ट्रिय समावेशी आयोग सदस्य श्री रामचन्द्र जोशी
सदस्य श्री हरी दत्त जोशी
८. आदिवासी जनजाति आयोग अध्यक्ष श्री राम वहादुर थापामगर
सदस्य डा. मीन बहादुर श्रीस
सदस्य श्रीमती रिना राना
सदस्य श्री शरण राई
९. मधेसी आयोग सदस्य श्री जीवछ साह
सदस्य श्री रेणु देवी साह
सदस्य श्री विजय कुमार गुप्ता
१०. थारु आयोग सदस्य श्री सुवोध सिंह थारू
सदस्य श्री भोला राम चौधरी
११. मुस्लिम आयोग सदस्य श्री महमदिन अलि
सदस्य श्री मिर्जा अर्सद वेग

सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा नव नियुक्त प्रमुख आयुक्तज्यू र अध्यक्षज्यूहरूले सम्माननीय प्रधानन्यायाधिश श्री चोलेन्द्र शमशेर ज.ब.रा. ज्यू समक्ष  तथा आयुक्तज्यूहरू र सदस्यज्यूहरूले सम्बन्धित आयोगका प्रमुख आयुक्तज्यू र अध्यक्षज्यू समक्ष आ-आफ्नो पदको पद तथा गोपनीयताको शपथग्रहण राष्ट्रपति भवन, महाराजगञ्‍जमा गर्नु भयो ।

(जगन्‍नाथ पन्त)

प्रवक्ता