अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट लिखित राजीनामा

आज मिति २०७७ साल माघ २१ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तडा. गणेश राज जोशीले नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७७/१०/२१ गतेदेखि लागू हुने गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट लिखित राजीनामा दिनु भएको छ ।

(जगन्‍नाथ पन्त)

प्रवक्ता