ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय 1. प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का H.E. Sudharshana K. Pathirana आवासीय 2. गणतन्त्र पनामा H.E. Mrs. Yasiel Alines Buillo Rivera गैरआवासीय 3. बेल्जियम अधिराज्य H.E. Mr. Didier Anna L. Vanderhasselt गैरआवासीय २०८० साल मङ्‌सिर २८ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता H.E. Sudharshana K. Pathirana, Ambassador Read More …

संघीय संसदको महासचिवको राजीनामा स्वीकृत

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष संघीय संसदको महासचिव डा. भरतराज गौतमले मिति २०८०/०८/२४ देखि लागु हुने गरी आफ्नो पदबाट दिनुभएको राजीनामा सोहि मिति देखि लागु हुने गरी सम्माननीय राष्ट्रपतिज्यूले मिति २०८०/०८/२७ मा स्वीकृत गर्नु भएको छ। २०८० साल मङ्‌सिर २७ गते बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

राष्ट्रिय मानव अधिकार आयोगकबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगरज्यूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८० साल मङ्‌सिर २१ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

प्रदेश प्रमुखको कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बागमती प्रदेशका प्रमुख माननीय यादवचन्द्र शर्मा मिति २०८०/८/१६ देखि २०८०/८/२१ गतेसम्म मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमणमा जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम गण्डकी प्रदेशका प्रमुख माननीय पृथ्वीमान गुरुङलाई तोक्नु भएको छ । २०८० साल मङ्‌सिर १५ गते शुक्रबार ।   (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गैरआवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत श्री दान बहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र स्विट्जरल्यण्डका लागि नेपालका आवासीय राजदूत श्री राम प्रसाद सुवेदीलाई इटालीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८० साल मङ्‌सिर १४ गते बिहीबार । (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता  

प्रधानमन्त्रीको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू  संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने UN Framework Convention on Climate Change (UNFCCC) को २८औं Conference of Parties (COP28) मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुन सम्वत् २०८० साल मङ्‌सिर १३ गते बुधबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८० साल मङ्‌सिर १३ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

जनवादी गणतन्त्र चीनका Xizang Autonomous Region का Party Secretary बाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष जनवादी गणतन्त्र चीनका Xizang Autonomous Region का Party Secretary H.E. Mr. Wang Junzheng ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले हालै जाजरकोट र रूकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै विपद् पश्चातको पुन:उत्थान र पुननिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको लागि प्रशंसा समेत गर्नुभयो। २०८० साल कात्तिक २३ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

गणतन्त्र कोरियाका The Honourable Minister for Agriculture, Food and Rural Affairs नेतृत्वको प्रतिनिधिमण्डलबा शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष गणतन्त्र कोरियाका The Honourable Minister for Agriculture, Food and Rural Affairs H.E. Mr. Chung Hwang-Keun नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा अझ थप प्रगाढ हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो। साथै, उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया एक महत्त्वपूर्ण र विश्वासिलो साझेदारको रूपमा रहेको बताउँदै KOICA मार्फत नेपालले विभिन्न क्षेत्रमा प्राप्त गरेका प्राविधिक सहयोग र जनशक्ति विकासका लागि धन्यवाद ज्ञापन गर्नुभयो। २०८० साल कात्तिक १६ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

संयुक्त राष्ट्रसंघका महासचिव H.E. Mr. António Guterres बाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संयुक्त राष्ट्रसंघका महासचिव H.E. Mr. António Guterres ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले लामो समयदेखि नेपालको विकास साझेदारको रूपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्त्वमा राखेको कुरा बताउँदै संयुक्त राष्ट्रसंघ तथा यस अन्तर्गतका विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवं दिगो विकास लक्ष्य प्राप्तिमा पुर्‍याएको निरन्तर सहयोग र योगदानका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो । २०८० साल कात्तिक १२ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

टीका प्रसाद प्रदान गर्नु भएको तस्बीरहरू सम्बन्धी विज्ञप्ति

प्रेस विज्ञप्ति बडादशैं, २०८० को अवसरमा विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा विभिन्न महानुभावहरूलाई टीका प्रसाद प्रदान गर्नु भएको तस्बीरहरू कार्यालयको वेबसाइटमा राखिएको र उक्त तस्बीर वेबसाइटबाट डाउलोडसमेत गर्न सकिने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ । फोटो ग्यालरी लिङ्क २०८० साल कात्तिक ८ गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता