सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विवाह पञ्चमीको अवसरमा दिनुभएको शुभकामना सन्देश

विवाह पञ्चमीको शुभकामना सन्देश त्रेता युगमा भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ । प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको छ । यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्‌भाव, सहिष्णुता र  बन्धुत्वको भावनालाई Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ३३ औं अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश

३३ औं अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना सन्देश अपाङ्‍गता  भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका अपाङ्‍गता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । अपाङ्‍गता  भएका नागरिकहरूको हक अधिकार प्रवर्धनको लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्‍गता  भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । यस वर्ष “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार” भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी यस दिवस मनाइदैंछ । नेपालको संविधानले अपाङ्‍गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले फाल्गुनन्द जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेनको १४०औं फाल्गुनन्द जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लाहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । उहाँले देखाउनु भएको बाटोमा हिड्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले छठ पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ पर्व, २०८१ को शुभकामना सन्देश छठ पर्व, २०८१ को पावन अवसरमा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । सूर्य देवता र छठी माताको पूजा, अर्चना र व्रत बसी रातभर खोला तथा  पोखरीको किनारमा जाग्राम बसी धुमधाम तथा हर्षोल्लासका साथ यस पर्व मनाइन्छ । खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रध्दा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय हो । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाईने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल संवत् ११४५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपाल संवत् ११४५ को शुभकामना सन्देश ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा नयाँ संवत्‌ शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ । लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले तिहार पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तिहार पर्व, २०८१ को शुभकामना सन्देश नेपालीहरूको दोस्रो महान् चाड तिहार, २०८१ को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । नेपालमा मनाइने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा वाध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरू मध्ये दसैँ तिहार हिन्दुहरूको महान् चाड पनि हो । यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकतामा बाध्ने गरेको छ । बडा दसैँमा शक्तिकी श्रोत देवीको पूजा आराधना गरी मनाईन्छ भने तिहारमा काग, कुकुर, गाई‍, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा अर्चना गरी Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विजया दशमी, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विजया दशमी,२०८१ को शुभकामना सन्देश हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ । यस अवसरमा समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु । अन्त्यमा, विजया दशमी २०८१ ले सम्पूर्ण विश्वमा शान्ति एवम् मानव जातिको कल्याण होस्  भन्ने शुभकामना पुन: व्यक्त गर्दछु। जय नेपाल ! २०८१ असोज, २६ Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बडा दसैँ, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

बडा दसैँ, २०८१ को अवसरमा शुभकामना सन्देश हिन्दु धर्मावलम्वीहरूको महान् चाड बडा दसैँ, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । शक्तिको प्रतीकका रूपमा हिन्दुहरूले मनाउने बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सोही दिनदेखि नवमीसम्म शक्तिरूपी नवदुर्गा भवानीको पूजा अर्चना गर्ने गरिन्छ । विजया दशमीका दिन दुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रुपमा बडा दसैँ मनाउने गरिन्छ ।  विजया दशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले जितिया पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जितिया पर्व, २०८१ को शुभकामना सन्देश जितिया पर्व, २०८१ को सुखद् अवसरमा  सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेशी समुदायका महिलाहरूद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवम् पारिवारिक सुख-शान्तिका लागि भगवान जिमुतवाहनको पूजा आराधना गर्दै  उत्साहका साथ  मनाइने पर्व हो ।  यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेशी महिलाहरू कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन  र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को शुभकामना सन्देश संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, गणतन्त्र स्थापनाका लागि कष्टपूर्ण संघर्ष गरेका योद्धाहरू, विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व  गर्ने राजनीतिक दलका श्रद्धेय  नेताहरूप्रति सम्मान प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु । नेपाली जनताको संघर्ष र बलिदानको फलस्वरूप वि.सं.२०७२ साल असोज Read More …