सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ को शुभकामना सन्देश संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व  गर्ने राजनीतिक दलका श्रद्धेय  नेताहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु । नेपाली जनताको संघर्ष र बलिदानको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले जितिया पर्व, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जितिया पर्व, २०८२ को शुभकामना सन्देश जितिया पर्व, २०८२ को सुखद् अवसरमा  सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि भगवान जिमुतवाहनको पूजा आराधना गर्दै  मनाइने पर्व हो ।  यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन महिलाहरू कठोर उपवास बसी शरीर, मन  र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय बाल दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बाल दिवस, २०८२ को शुभकामना सन्देश राष्ट्रिय बाल दिवस, २०८२ को अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्दछु । नेपालले बाल अधिकार सम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भादौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आइएको छ। यस वर्ष “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नारा रहेको छ। यस दिवसले बालबालिकाको लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवम् विकासमा  ध्यान दिदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिन्छ। नेपालको संविधानले मौलिक हकको रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ। बालबालिकाहरूका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू तथा संवैधानिक कानूनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले कुमारी इन्द्रजात्रा पर्व, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व, २०८२ को शुभकामना सन्देश कुमारी इन्द्रजात्रा पर्व, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-अर्चना गर्दै कुमारी (जीवित देवी), भगवान् गणेश र भगवान् भैरवको रथयात्रा गरी धुमधामकासाथ मनाउने परम्परा रहिआएको छ । वृष्‍टि र उर्वरता प्राप्‍त हुने  विश्‍वासकासाथ मनाइने यस पर्वले धार्मिक कार्य र परम्पराको निरन्तरता, सामाजिक ऐक्यवद्धता, मेलमिलाप  र सहकार्य बढाउनुका साथै प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ । शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गौरा पर्व, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गौरा पर्व, २०८२ को शुभकामना सन्देश गौरा पर्व, २०८२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका मुलत: पश्चिमी क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्‍भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।  यस पर्वमा शिव र पार्वती (गौरा)को पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ,  जसको फलस्वरूप  शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख, शान्ति, दीर्घायु र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । यस पर्वमा  पाँच Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले हरितालिका (तिज), २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

हरितालिका (तिज) पर्व, २०८२ को शुभकामना सन्देश नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तिज), २०८२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् धार्मिक, साँस्कृतिक र सामाजिक सद्‌भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वमा नेपाली नारीहरूले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यवद्धताको प्रतिविम्बको रुपमा यस पर्वलाई मनाउँदै आएको पाइन्छ । परिवार तथा समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता, मेलमिलाप, निष्‍ठा, धैर्य र समर्पण कायम गर्न यस Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले श्रीकृष्ण जन्माष्‍टमी पर्व,२०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०८२ को शुभकामना सन्देश भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्‍टमी पर्व,२०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । आज विश्वभर हिन्दु धर्मावलम्बीहरूले मानव जीवनका लागि मूल्यवान् रहेका धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देशहरू प्रवाह गर्ने  भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा-अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व धुमधामकासाथ मनाउने गरेको पाइन्छ।  स्वार्थरहित कर्म गर्ने, सत्य, न्याय र धर्ममा अडिग रहने, धैर्य, सन्तुलन र समतामा आधारित कार्य गर्ने, शुद्ध मन र त्यागयुक्त व्यवहार गर्ने, कर्तव्यप्रति सदा अडिग Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्म जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

आदिकवि भानुभक्त आचार्यको २१२ औं  जन्म जयन्तीको सन्देश आदिकवि भानुभक्त आचार्यको २१२ औं  जन्म जयन्तीको अवसरमा उहाँलाई स्मरण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रुपमा तनहुँ जिल्लाको चुँदी रम्घामा वि. सं. १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन सम्पूर्ण नेपाली भाषा, साहित्य र संस्कृति प्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ । भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा  पुर्‍याउन र यसलाई Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय धान दिवस, २०८२ शुभकामना सन्देश राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरि धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्ने उद्देश्यले वि सं २०६१ सालदेखि प्रत्येक वर्ष आषाढ १५ गते लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन शुरू गरिएको हो । यस वर्ष ‘‘धान वालीमा सघनता: खाद्य सुरक्षा र आत्म निर्भरता’’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस, २०८२ मनाइरहेका छौँ । नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरेको Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले अन्तर्राष्ट्रिय योग दिवस, (जुन २१) २०२५ को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस, (जुन २१) २०२५ को शुभकामना सन्देश अन्तर्राष्ट्रिय योग दिवस  (जुन २१) , २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको महासभाबाट  सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्ताव अनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन शुरू  गरिएको हो । यस वर्ष हामी “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने आदर्श वाक्यका साथ योगको मर्म र भावनाबमोजिम विश्व योग दिवस मनाइरहेका छौं । योगलाई  शारीरिक अभ्यास तथा निश्‍चित नियम, विधि र Read More …