विधेयकहरू प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९/५/२८ २ स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/५/२८ ३ प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/५/२८ ४ सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/५/२८ ५ योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/५/२८ २०७९ साल भदौ २८ गते मङ्गलबार । (सागर Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव – २०७९ पुरस्कार समर्पण कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति, प्राज्ञ परिषद् एवं प्राज्ञ सभाका सदस्यहरू, प्रज्ञा–प्रतिष्ठानका पूर्व पदाधिकारीहरू, विभिन्न प्रज्ञा पुरस्कारबाट पुरस्कृत श्रष्टा एवं साधकहरू, राष्ट्रिय कविता महोत्सव–२०७९ मा पुरस्कृत प्रतिभाहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । नेपाल प्रज्ञा प्रतिष्ठानले स्थापना गरेका विभिन्न प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार प्रदान गर्ने कार्यक्रममा सहभागी भई हाम्रो देशका मूर्धन्य प्राज्ञिक व्यक्तित्व एवं श्रष्टाहरूसँग सात्क्षात्कार गर्न पाएकोमा मलाई खुसी लागेको छ । नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन, सामाजिक शास्त्र, विज्ञान आदि विषयको अध्ययन, अनुसन्धान, संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले आजभन्दा ६५ वर्ष अगाडि स्थापित Read More …

राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । तपसिल क्र.सं. राजदूत मुलुक १. श्री हरिश्चन्द्र घिमिरे म्यानमार २. श्री डिल्लीराज पौडेल मलेसिया   २०७९ साल भदौ २७ गते सोमबार (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूद्वारा बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाउनु भएको छ । काठमाडौँ स्थित बेलायती राजदुतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले निम्न अनुसारको सन्देश दिनुभएको छ – ‘बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनबाट मलाई अत्यन्तै दु:ख लागेको छ । नेपाली जनता‚ नेपाल सरकार तथा म स्वयंको तर्फबाट दिवंगत महारानीप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै महाराज चार्ल्स तृतीय, शाही परिवार, बेलायत सरकार र मैत्रीपूर्ण बेलायती जनताप्रति गहिरो समवेदना प्रकट गर्दछु । शोकको यस दु:खद् घडीमा नेपाली जनता तथा नेपाल सरकारको सहानुभूति र साथ तपाईँहरूसँग रहेको छ । Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कुमारी इन्द्रजात्रा पर्व, २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व, २०७९ को शुभकामना सन्देश कुमारी इन्द्रजात्रा पर्व, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यो पर्व देवराज इन्द्रको पूजा अर्चनाका साथै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने प्रचलन रहेको छ । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीको दिन लिङ्गो ठड्याएर इन्द्र जात्रा शुभारम्भ हुन्छ भने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ । पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि सहकालका देवता इन्द्रप्रति कृज्ञता प्रकट गर्दै मनाइने यस पर्वले Read More …

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत श्री ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल भदौ २३ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

आवासीय राजदूत पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र श्री डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल भदौ २३ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

फ्रान्स-नेपाल संसदीय मैत्री समुहका सभापतिबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनु भएका फ्रान्स-नेपाल संसदीय मैत्री समुहका सभापति H.E. Mr. Daniel Salmon नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबाट राष्ट्रपति भवन, महाराजगञ्‍जमा शिष्टाचार भेट भयो । उक्त भेटमा नेपाल र फ्रान्सबीच आपसी हितका विषयमा समेत छलफल भएको थियो । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू तथा नेपालका लागि फ्रान्सका राजदूतसमेतको उपस्थिति थियो । २०७९ साल भदौ २१ गते मङ्गलबार  । (सागर आचार्य) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/५/२१ २०७९ साल भदौ २१ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता

भाषा आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष भाषा आयोगका माननीय अध्यक्ष डा. लवदेव अवस्थीज्यूले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७९ साल भदौ २१ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता