फ्रान्स-नेपाल संसदीय मैत्री समुहका सभापतिबाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनु भएका फ्रान्स-नेपाल संसदीय मैत्री समुहका सभापति H.E. Mr. Daniel Salmon नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबाट राष्ट्रपति भवन, महाराजगञ्‍जमा शिष्टाचार भेट भयो । उक्त भेटमा नेपाल र फ्रान्सबीच आपसी हितका विषयमा समेत छलफल भएको थियो । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू तथा नेपालका लागि फ्रान्सका राजदूतसमेतको उपस्थिति थियो ।

२०७९ साल भदौ २१ गते मङ्गलबार  ।

(सागर आचार्य)

प्रवक्ता