आवासीय राजदूत पदमा नियुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र श्री डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

२०७९ साल भदौ २३ गते बिहीबार ।

(सागर आचार्य)

प्रवक्ता