सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को अवसरमा आयोजित स्वागत समारोहमा गर्नुभएको सम्बोधन
सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रतिनिधिसभाका सभामुख, सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष, पूर्व उपराष्ट्रपति तथा पूर्व प्रधानमन्त्रीहरू‚ महामहिम राजदूत तथा नियोगप्रमुख दम्पतिहरू, विशिष्ट महानुभावहरू, भद्र महिला तथा सज्जनवृन्द ! नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको फलस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई सात वर्ष पूरा भएको सुखद् अवसरमा आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस अवसरमा तपाईँहरूलाई राष्ट्रपति भवनमा स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । आज नेपालमा मात्र नभई नेपालीहरू रहेका विश्वका विभिन्न मुलुकमा समेत संविधान दिवसलाई भव्यताका साथ मनाइँदैछ । यस ऐतिहासिक अवसरमा म सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु Read More …