मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका State Councilor and Minister of Foreign Affairs बाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका State Councilor and Minister of Foreign Affairs  H.E. Mr. Wang Yi ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा विचारविमर्श भयो । भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । २०७८ साल चैत १३ गते आइतबार (सागर आचार्य) प्रवक्ता

राजदूत पदको, पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका डा. शंकर प्रसाद शर्माले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । २०७८ साल चैत ११ गते शुक्रबार (सागर आचार्य) प्रवक्ता

अध्यादेश जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. रेल्वे अध्यादेश, २०७८ २०७८ साल चैत ८ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्‍व पानी दिवस, २०२२ (२२ मार्च) को अवसरमा दिनुभएको सन्देश

विश्‍व पानी दिवस, २०२२ (२२ मार्च) को सन्देश विश्व पानी दिवस, २०२२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भनी कामना गर्दछु । समस्त जीवन र जगत्‌को अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व‚ संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘भूमिगत जलस्रोतको महत्त्व बुझौँ‚ सबै मिली संरक्षण गरौँ’ भन्ने राष्ट्रिय संकल्पका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइरहेका छौँ । पानी Read More …

नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूतबाट शिष्टाचार बिदाई भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत H.E. Musaid Bin Sulaiman Al Marwany ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र साउदी अरेबिया बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । २०७८ साल चैत ७ गते सोमबार (सागर आचार्य) प्रवक्ता

नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकर प्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७८ साल चैत ६ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फागुपूर्णिमा (होली) पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०७८ को शुभकामना सन्देश नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दछु । वसन्त ऋतुका अनेक रङ्ग प्रतिविम्बित गर्ने पर्वका रूपमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लाहरूमा र त्यसको भोलिपल्ट तराईका जिल्लाहरूमा विभिन्न रङ तथा अबिर खेल्दै खुशियालीपूर्वक फागुपूर्णिमा (होली) मनाउने परम्परा रहेको छ । हाम्रा पौराणिक ग्रन्थहरूमा फागुपूर्णिमा एवं होली पर्वका अनेकौं प्रसङ्गहरू उल्लेख हुनुले यसको प्राचीनता पुष्टि हुन्छ । वैदिक परम्परादेखि नै समाजमा असल र खराब बीच द्वन्द्व चल्दै आएतापनि  सत्यको विजय नै अवश्यम्भावी हुने Read More …

महिला हिंसा निर्मूल गर्न राष्ट्रपतिको अग्रसरता

काठमाडौँ, २ चैत्र २०७८ राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले समाजमा महिला तथा बालिकाविरुद्ध हुने हिंसा उन्मुलन गर्न कानुनको प्रभावकारी कार्यान्वयनका साथै सामाजिक सचेतना बढाउन सबै सरोकारवाला पक्षले बलियो सहकार्य गर्नुपर्ने कुरा औँल्याउनु भएको छ । राष्ट्रपति भवन, महाराजगञ्जमा विभिन्न राष्ट्रिय राजनीतिक दलसँग आबद्ध सांसदहरू‚ राष्ट्रिय महिला आयोगका पदाधिकारी‚ कानुनविद‚ समाजशास्त्री‚ मनोविश्लेषक‚ सञ्चारकर्मी र नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्न आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा र बलात्कार जस्ता अपराधको रोकथाम र न्यूनीकरण गर्न राज्यका निकायहरूले समाजसँग प्रत्यक्ष हातेमालो गर्दै अगाडि बढ्नु पर्ने विषयमा जोड दिनुभयो । ‘आपरधिक घटनाहरूका बारेमा सुन्दा र पढ्दा स्तब्ध हुने अवस्था छ’‚ राष्ट्रपतिले भन्नुभयो‚ Read More …

साउदी अरबका परराष्ट्रमन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष मित्रराष्ट्र साउदी अरबका परराष्ट्रमन्त्री His Highness Prince Faisal Bin Farhan Al Saud ले राष्ट्रपति भवन, महाराजगञ्‍ज, काठमाडौंमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो । उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । २०७८ साल चैत १ गते मङ्गलबार (सागर आचार्य) प्रवक्ता

नेपाल-फ्रान्स संसदीय समुहका President, Madam Veronique Riotton बाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपाल-फ्रान्स संसदीय समुहका President, Madam Veronique Riotton ले राष्ट्रपति भवन, महाराजगञ्‍ज, काठमाडौंमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो । उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति थियो ।   २०७८ साल फागुन २६ गते बिहीबार (सागर आचार्य) प्रवक्ता