सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट जीवन विकास समाज‚ मोरङद्वारा आयोजित ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ वितरण समारोह’मा गर्नुभएको सम्बोधन

जीवन विकास समाज‚ मोरङद्वारा स्थापना गरिएको ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७’ वितरण समारोहमा सहभागी भएर सामाजिक सेवा तथा शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूसँग भेट गर्न पाउँदा मलाई खुसी लागेको छ । राष्ट्रपति कार्यालयमा म  यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु । प्रकृतिसँग सन्तुलन कायम गर्दै मानव जीवनलाई सुखी एवं समृद्ध बनाउने चेतनासहितको भौतिक निर्माण नै दिगो विकासको अवधारणा हो । मुलुकको सर्वाङ्गीण समृद्धिका लागि शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रूपमा लिइने गरिन्छ । देशको सामाजिक, आर्थिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि आवश्यक पर्ने असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति शैक्षिक संस्थाहरूले नै तयार गर्दछन् । हाम्रा प्राचीन ग्रन्थहरूमा उल्लेख भएको Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. चिलि H.E. Mr. Juan Rolando Angulo Monsalve गैरआवासीय २. जमैका H.E. Mr. Jason Keats Matthew Hall गैरआवासीय ३. इन्डोनेसीया H.E. Mr. Heru Hartanto Subolo गैरआवासीय ४. स्पेन H.E. Mr. Jose Maria Ridao Dominguez गैरआवासीय २०७९ साल जेठ २६ गते बिहीबार (सागर आचार्य) प्रवक्ता H.E. Mr. Juan Rolando Angulo Monsalve, Read More …

कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. नरेशविक्रम ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७९ साल जेठ २६ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता    

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सङ्गीत तथा नाट्य पुरस्कार समर्पण कार्यक्रम २०७९ मा गर्नु भएको सम्बोधन

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको यस ‘पुरस्कार समर्पण कार्यक्रम’मा सहभागी भई सङ्गीत एवं नाट्य क्षेत्रका विशिष्ट साधक एवं विज्ञहरूसँग भेटघाट गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म आज पुरस्कृत हुनुहुने सङ्गीत एवं नाट्य क्षेत्रका साधकहरूलाई हार्दिक बधाई दिन चाहन्छु । र, तपाईंहरू सबैलाई राष्ट्रपति भवनमा हार्दिक स्वागत गर्दछु । सङ्गीत तथा नाट्य कलाको संरक्षण, सम्बर्द्धन एवं विकास गर्ने उद्देश्यका साथ स्थापित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले एकातिर हाम्रो मौलिक कलाको खोज र अनुसन्धान गर्ने दायित्व पाएको छ भने, अर्कोतिर अन्तर्राष्ट्रिय जगतमा विकास भैरहेका नयाँ संगीत र नाट्य शैलीको अध्ययन गरी नेपाली कला क्षेत्रलाई Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्व वातावरण दिवस, (जुन ५) २०२२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व वातावरण दिवस  (जुन ५) २०२२ को सन्देश विश्‍व वातावरण दिवस (जुन ५) २०२२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको आह्वानमा पचास वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्‍व वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको छ । प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दवाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको हो  । जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरूप ग्रहण गरिरहेको परिवेशमा हामी प्रकृति र मानव सभ्यताको दिगो सहअस्तित्वका लागि ‘केवल एउटै पृथ्वी’ Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०७९ को शुभकामना सन्देश जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय  दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । वि.सं. २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो ।  सोही दिनको सम्झनामा प्रत्येक वर्ष जेठ २१  गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा हामीले मनाउँदै आएकाछौँ । सबै जातजाति र समुदाय बीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन आजको दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने मलाई लागेको छ Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले चौथो राष्ट्रिय महिला अधिकार दिवस, २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश

चौथो राष्ट्रिय महिला अधिकार दिवस, २०७९ को शुभकामना सन्देश चौथो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । लैङ्गिक समानता प्राप्तिको आन्दोलनमा योगदान र प्रेरित गर्ने सम्पूर्ण अग्रजहरूप्रति यस अवसरमा हार्दिक सम्मान प्रकट गर्दछु  । वि.सं. २०६३ साल जेठ १६ गते प्रतिनिधिसभाद्वारा महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ सर्वसम्मतिले पारित गरी नेपाली महिलाको अधिकार सुनिश्‍चित गर्ने आधार निर्माण गरिएको स्मरण स्वरूप आजको दिनलाई हामीले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउँदै आएका छौं । उक्त विशेष प्रस्तावलाई तत्कालीन अन्तरिम संविधानले आफ्नो अङ्गको रूपमा ग्रहण गरेको थियो भने Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गणतन्त्र दिवस, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गणतन्त्र दिवस, २०७९ को शुभकामना सन्देश १५औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय‚ नागरिक समाज एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं । वंश परम्परामा आधारित शासन व्यवस्थालाई Read More …

सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/२/१३ को बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ जना कैदीहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी भएको छ । २०७९ साल जेठ १३ गते शुक्रबार । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

कैद सजाय माफी मिनाहा

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ (दुई सय एकहत्तर) जना र नरबहादुर साँवासमेतका ५४७ (पाँच सय सत्‌चालिस) गरी कुल जम्मा ८१८ (आठ सय अठार) जना कैदीहरूको बाँकी कैद सजाय नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/२/१० को बैठकको सिफारिसमा मिति २०७९/२/१५ गते देखि लागू हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी मिनाहा भएको छ । २०७९ साल जेठ १३ गते Read More …