अध्यादेशहरू जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ २. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ २०७९ साल वैशाख २५ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ईद (ईद उल फित्र) पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद (ईद उल फित्र) पर्व, २०७९ को शुभकामना सन्देश इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद उल फित्र) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ईद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको छ । इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै ईदको अवसरमा मान्यजनबाट आशिर्वाद लिने एवं आपसमा खुसी आदानप्रदान गर्ने प्रचलनले नेपाली संस्कृतिमा अन्तर्निहित प्रबल मानवीय पक्षलाई प्रतिविम्वित गर्दछ । साथै‚ ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७९ का अवसरमा गर्नुभएको सम्बोधन

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, नातिकाजी स्मृति समाजका अध्यक्ष तथा पदाधिकारीहरू, आज सम्मानित तथा पुरस्कृत हुनुभएका सर्जकहरू, कला र संगीतका साधकहरू, सञ्चारकर्मीहरू, उपस्थित भद्रमहिला तथा सज्जनवृन्द, नातिकाजी स्मृति समाजले आयोजना गरेको यस ‘पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’मा सहभागी भएर मुलुकका लब्ध प्रतिष्ठित कला, साहित्य र सङ्गीतका साधक एवं विज्ञहरूसँग भेटघाट अन्तरक्रिया गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म नेपाली सङ्गीत आकाशका उज्ज्वल नक्षत्रका रूपमा रहनुभएका स्वर्गीय नातिकाजी श्रेष्ठप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । कुनै पनि समाजको सभ्यताको स्तरलाई त्यहाँको कला, साहित्य र सङ्गीतले प्रतिविम्वित गरेको हुन्छ । यसरी नै श्रष्टाहरूको अथक साधनाबाट सिर्जित मौलिक सिर्जनाले नै राष्ट्रको पहिचान Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) २०२२ को सन्देश अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) २०२२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा मुलुकको उद्योग‚ कृषि‚ निर्माण र सेवा लगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु । विश्वभरिका श्रमिकहरूले एकआपसमा ऐक्यवद्धता आदानप्रदान गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरको रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस मनाइन्छ । यस दिवसले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई Read More …