सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले भूकम्पपश्चातको पुनर्निर्माणमा नेपालको अनुभवसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई  गर्नुभएको सम्बोधन

अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहका अध्यक्ष, नेपाल सरकारका माननीय मन्त्रीहरू, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहित प्राधिकरण परिवार, नेपालस्थित विभिन्न मुलुकका महामहिम राजदूतहरू, विभिन्न बहुपक्षीय एवं द्विपक्षीय दातृ निकायका प्रमुखहरू, सञ्चारकर्मीहरू, भौतिक तथा अनलाइन माध्यमबाट यस समारोहमा भाग लिइरहनु भएका विभिन्न मुलुकका मन्त्रीहरु, सम्पूर्ण भद्रमहिला तथा सज्जनवृन्द ! वि.सं. २०७२ साल बैशाख १२ र २९ गतेका विनाशकारी भूकम्प र तत्पश्चातका परकम्पहरूका कारण जन–धनको ठूलो क्षति भएको आज साढे ६ वर्ष पूरा भैसकेको छ । उक्त भूकम्पका कारण करिब नौ हजार जनाको ज्यान गयो भने त्यसबाट हाम्रो कूल जनसंख्याको करिब एक तिहाई हिस्सा प्रभावित बन्न पुग्यो । भूकम्पपश्चातको पुनर्निर्माणसम्बन्धी हाम्रा अनुभवहरू साझा Read More …

राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगरज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । २०७८ साल मङ्‌सिर २३ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्चमीको अवसरमा दिनु भएको शुभकामना सन्देश

विवाह पञ्चमीको शुभकामना सन्देश त्रेता युगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ । प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको छ । यस प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मौलिक संस्कृतिको संरक्षण Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सामुदायिक वन उपभोक्ता महासंघद्वारा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय अभियानसम्बन्धी कार्यक्रममा गर्नुभएको सम्बोधन

नेपाल नगरपालिका संघका अध्यक्ष, अधिकार र स्रोत पहलका अध्यक्ष सोलान्ज बान्दिके, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष लगायत महासंघ परिवार, भद्रमहिला तथा सज्जनवृन्द ! देशभरि छरिएका हजारौं सामुदायिक वन उपभोक्ता समूहहरूको प्रतिनिधिमुलक संगठनका रूपमा रहेको सामुदायिक वन उपभोक्ता महासंघले लैङ्गिक हिंसा विरूद्धको सोह्र दिने अभियान अन्तर्गत विभिन्न चेतनामूलक सामाजिक कार्यक्रमहरू सञ्चालन गरेकोमा मलाई खुसी लागेको छ । अभियानमा सक्रिय रूपले सहभागी भई लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्ने कार्यमा सफलता मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, यस अभियानमा आ—आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसहित सम्पूर्ण सामाजिक संघसंस्थाहरूलाई आव्हान गर्दछु । महासंघमा आवद्ध उपभोक्ता Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सवका अवसरमा गर्नुभएको सम्बोधन

विश्व शान्तिका प्रवर्तक गौतम बुद्धको यस पवित्र जन्मस्थलमा अवस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको सत्रौँ वार्षिकोत्सवको अवसरमा विश्वविद्यालय परिवारलाई बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यस विश्वविद्यालयलाई यहाँसम्म ल्याइपुर्‍याउन योगदान गर्ने प्राज्ञिक जगत, विश्वविद्यालय प्रशासन, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा समुदाय सबैको सराहना गर्दछु । बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धानसमेतको अभिबृद्धि गर्ने उद्देश्य लिएर स्थापित यस विश्वविद्यालयलाई विश्वस्तरको एउटा उत्कृष्ट प्राज्ञिक संस्था बनाउन सम्बद्ध सबैलाई प्रेरणा प्राप्त हुने विश्वास लिएको छु । बुद्धद्वारा प्रवद्र्धित सामुहिकता र मानव प्रेमको भावना जागृत गराउन सके समाजमा विद्यमान तीब्र स्वार्थ र द्वन्द्व निवारण गर्दै दिगो शान्ति कायम गर्न मद्दत पुग्नेछ । Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ३०औँ अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश

३०औँ अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना सन्देश अपाङ्गता भएका व्यक्तिहरूको ३०औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । विश्व स्वास्थ्य संगठनको आव्हानमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन तथा उनीहरूको समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई ‘अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा विश्वभर मनाउने गरिएको छ । यस वर्ष ‘समावेशी, सुलभ र दिगो कोभिड-१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्‍वभर यो दिवस मनाइँदैछ । हाम्रो देशमा पनि ‘हाम्रो प्राथमिकताको आधार‚ अपाङ्गता भएका व्यक्तिको Read More …

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/८/१६ को सिफारिसमा सम्वत् २०७८ साल मङ्‌सिर २८ गते मङ्‌गलबारका दिन १४:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०७८ साल मङ्‌सिर १६ गते बिहीबार (सागर आचार्य) प्रवक्ता

अध्यादेश जारी

विज्ञप्ति   सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ २. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ ३. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ ४. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ ५. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ ६. रेल्वे अध्यादेश, २०७८ २०७८ साल मंसिर १५ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महालेखा परीक्षकको कार्यालयको भवन उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

महालेखा परीक्षकको कार्यालय भवनको उद्घाटन समारोहमा भाग लिन पाउँदा मलाई खुसी लागेको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका कारण लामो समयसम्म भवनबिहिन अवस्थामा रहेको महालेखापरीक्षक कार्यालयले अब आफ्नै व्यवस्थित भवन पाएको छ । यसका लागि तपाईँहरूलाई बधाई तथा शुभकामना दिन चाहन्छु । नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम मितब्ययिता, कार्यदक्षता र औचित्य समेत विचार गर्दै सरकारी निकायको कामलाई मूल्याङ्कन गरी सार्वजनिक वित्तीय क्षेत्रमा पारदर्शिता, जबाफदेहिता र स्वच्छता प्रवद्र्धन गर्न यस कार्यालयले महत्वपूर्ण भूमिका खेलिरहेको छ । परम्परागत पद्धतिको सट्टा विद्युतीय प्रविधिबाट लेखापरीक्षण गर्न लागेको जानकारी पाउँदा मलाई खुसी लागेको छ । यसबाट लेखापरीक्षणको गुणस्तर थप अभिबृद्धि हुने अपेक्षा गरेको Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, २०७८ को शुभकामना सन्देश महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, २०७८ को अवसरमा विश्‍वभरका सम्पूर्ण दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्‍वभर सञ्चालन गरिने ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ आजबाट सुरू भएको छ । यस अभियानलाई नेपालमा पनि ‘घरैबाट सुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय संकल्पका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी सञ्चालन गरिँदैछ । Read More …