सम्माननीय राष्ट्रपतिज्यूबाट राजदूत नियुक्ति

आज मिति २०७७ साल कात्तिक ६ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि श्री गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि श्री तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि श्री रामकाजी खड्कालाई आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पुनर्निर्मित रानीपोखरीको उद्‌घाटन समारोहमा गर्नुभएको सम्बोधन

सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीहरू, माननीय सांसदहरू, राष्ट्रसेवकहरू, काठमाडौँ महानगरपालिकाका मेयर लगायत महानगपालिका परिवार, सञ्चारकर्मीहरू, भद्रमहिला तथा सज्जनवृन्द ! विक्रम सम्बत् २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूका कारण व्यहोर्न परेको ठूलो मानवीय, आर्थिक एवं भौतिक क्षति र पीडा हाम्रो मानसपटलमा अझसम्म ताजै छ । उक्त भूकम्पमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । आजको यस क्षणमा २०७२ साल माघ २ गतेको दिन स्मरण गर्न चाहन्छु, जुन दिन हामीले यहीँ उभिएर रानीपोखरी पुनर्निर्माणको थालनी गर्दै मुलुकभर पुनर्निर्माण महाअभियान सुरु भएको घोषणा गरेका थियौँ । त्यसबेला हाम्रो अठोट थियो- हाम्रा प्रिय दिवंगत दाजुभाइ तथा Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट “कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष” लाई सहयोग प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित “कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष“ मा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम प्रदान गर्नु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ । मिति २०७७ कात्तिक ५ गते, बुधबार (हरि प्रसाद दहाल) प्रवक्ता

आयोगहरूको वार्षिक प्रतिवेदन ग्रहण

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा २९४ बमोजिम तपसिल बमोजिमका आयोगहरुबाट आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश भयो । क्र.सं. आयोगको नाम १ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग २ राष्ट्रिय समावेशी आयोग ३ मधेशी आयोग ४ थारु आयोग   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरूबाट मन्त्री पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७७ साल असोज २९ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरूले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । क्र.सं. नाम, थर पदनाम कार्यविभाजन १.               श्री विष्णुप्रसाद पौडेल मन्त्री अर्थ मन्त्रालय २.               श्री कृष्णगोपाल श्रेष्ठ मन्त्री सहरी विकास मन्त्रालय ३.               श्री लिलानाथ श्रेष्ठ मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (हरि प्रसाद दहाल) प्रवक्ता

विश्व हात धुने दिवसको अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

विश्‍व हात धुने दिवसको शुभकामना सन्देश आज ‘विश्व हात धुने दिवस’ (अक्टोबर १५) का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा स्वच्छ र स्वस्थ जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउँदै आइरहेका छौँ । सरसफाइ गुरूयोजना, पूर्ण सरसफाइ मार्गदर्शन, स्वास्थ्य र शिक्षासम्बन्धी नीतिगत व्यवस्था, खानेपानी र सरसफाइसम्बन्धी संवैधानिक व्यवस्था आदिले सफाइ र स्वच्छतालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । साबुनपानीले २० सेकेन्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुहरूद्वारा लाग्ने रोगबाट पनि बच्न Read More …

मन्त्रिपरिषद् गठन

आज मिति २०७७ साल असोज २८ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं.   नाम, थर पद कार्यविभाजन १.               श्री केपी शर्मा ओली प्रधानमन्त्री रक्षा २.               श्री ईश्‍वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ३.               श्री रामबहादुर थापा मन्त्री गृह ४.              श्री विष्णुप्रसाद पौडेल मन्त्री अर्थ ५.               श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र ६.               श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन ७.             Read More …

३० औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

३० औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना सन्देश आज ३० औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको दीर्घायू, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पुर्‍याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा Pandemics: Do they change how we address age and ageing?  भन्ने नारा निर्धारण गरेको छ । हाल विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारीका सन्दर्भमा Read More …

सम्माननीय राष्ट्रपतिज्यू समक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७७ साल असोज १२ गते, सोमबार सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत H.E. Mr. Peter Budd ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा अष्ट्रेलियाका राजदूतलाई बधाई दिनुहुँदै भविष्यमा नेपाल र अष्ट्रेलिया बीचको सम्बन्ध अझ सुदृढ हुने विश्‍वास व्यक्त गर्नुभयो । (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाटअध्यादेश जारी

आज मिति २०७७ साल असोज १२ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ २. फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ ३. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ (हरि प्रसाद दहाल) प्रवक्ता