सम्माननीय राष्ट्रपतिज्यूबाट “कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष” लाई सहयोग प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष मा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम प्रदान गर्नु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

मिति २०७७ कात्तिक ५ गते, बुधबार

(हरि प्रसाद दहाल)

प्रवक्ता