सम्माननीय राष्ट्रपतिज्यूसमक्ष UNICEF Executive Director and UN Under-Secretary General Ms. Henrietta H. Fore बाट शिष्टाचार भेट

आज मिति २०७६ साल कात्तिक १८ गते, सोमबारका दिन   सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका UNICEF Executive Director and UN Under-Secretary General Ms. Henrietta H. Fore ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल तथा संयुक्त राष्ट्र संघबीच आपसी सहयोग बृद्धि गर्ने लगायतका विषयमा छलफल भयो । २०७६ साल कात्तिक १८ गते, सोमबार (हरि प्रसाद दहाल) प्रवक्ता

प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको

आज मिति २०७६ साल कात्तिक १७ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति   श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/७/१७ को निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ । क्र.सं. नामथर प्रदेश १ प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ, धनकुटा १ २ श्री रत्नेश्वर लाल (कायस्थ), काठमाडौं २ ३ श्री अनुराधा कोइराला, काठमाडौं ३ ४ श्री बाबुराम कुवंर, अर्घाखाँची गण्डकी प्रदेश ५ श्री उमाकान्त झा, धनुषा ५ ६ श्री दुर्गा केशर खनाल, सुर्खेत कर्णाली प्रदेश ७ श्री मोहनराज मल्ल, कैलाली सुदुर पश्चिम प्रदेश    (हरि प्रसाद दाहाल)    Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “छठ पर्व, २०७६” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 “छठ पर्व, २०७६” को शुभकामना सन्देश छठ पर्व, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकताका साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । छठ पर्वमा सूर्य देवता र छठी माताको पूजा आराधना गरी हर्षोल्लासपूर्वक मनाइने प्रचलन रहिआएको छ । यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्‍भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्‍ने मैले विश्वास लिएको छु । यस पर्वले पारिवारिक जमघट गराउँदै आपसी तिक्तता मेटाएर सुमधुर सम्बन्ध कायम गर्ने अवसर जुटाई बलियो पारिवारिक र सामाजिक Read More …