प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको

आज मिति २०७६ साल कात्तिक १७ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति  
श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/७/१७ को निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ ।

क्र.सं. नामथर प्रदेश
प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ, धनकुटा
श्री रत्नेश्वर लाल (कायस्थ), काठमाडौं
श्री अनुराधा कोइराला, काठमाडौं
श्री बाबुराम कुवंर, अर्घाखाँची गण्डकी प्रदेश
श्री उमाकान्त झा, धनुषा
श्री दुर्गा केशर खनाल, सुर्खेत कर्णाली प्रदेश
श्री मोहनराज मल्ल, कैलाली सुदुर पश्चिम प्रदेश

   (हरि प्रसाद दाहाल)

   प्रवक्ता