सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र ३० गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित भारतका राजदूत H.E. Mr. Manjeev Singh Puri ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा सम्वत् २०७४ साल बैशाख ४ गते देखि शुरु हुने राष्ट्रपतिज्यूको मित्रराष्ट्र भारतको राजकीय भ्रमण एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष श्रीलंकाका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र ३० गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित श्रीलंकाका राजदूत H.E. Ms. W.S. Parera ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ साल चैत्र ३० गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष कार्यवाहक महालेखापरीक्षक श्री सुकदेव खत्रीले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७२/०७३ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।   (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जर्मनीका Vice President of the Bundestag बाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र २८ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जर्मनीका Vice President of the Bundestag (Lower House of the German Federal Parliament) Mrs. Claudia Roth ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च  पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । (मोहनप्रसाद वाग्ले) प्रवक्ता  

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष गणतन्त्र कोरियाका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७३ साल चैत्र २८ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल स्थित गणतन्त्र कोरियाका राजदूत H.E. Mr. Choe Yong-jin ले शिष्टाचार बिदाइ भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । (मोहनप्रसाद वाग्ले) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विभिन्न क्षेत्रका वुद्धिजिवी एवम् सरोकारवालाहरु संग भेट

आज मिति २०७३ साल चैत्र २७ गते आइतबारका दिन राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विभिन्न क्षेत्रका वुद्धिजिवी एवम् सरोकारवालाहरु संग समसामयिक विषयमा छलफल गर्नु भयो ।     (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट राजनीतिक दल सम्बन्धी विधेयक प्रमाणीत

आज मिति २०७३ साल चैत्र २७ गते आइतबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको मिति २०७३/१२/९ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको राजनीतिक दल सम्वन्धी विधेयक २०७३ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।       (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जनवादी गणतन्त्र चीनका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र २५ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल स्थित जनवादी गणतन्त्र चीनका राजदूत H.E. Ms. Yu Hong ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति थियो ।     (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र २२ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जापाको Obihiro तथा Tokachi City को व्यवसायिक प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट भयो ।उक्त प्रतिनिधिमण्डलको नेतृत्व नेपालका लागि जापानका राजदूत Mr. Masashi Ogawa ले गर्नु भएको थियो । सो अवसरमा दुई देशबीचको व्यवसायिक हितको बारेमा कुराकानी भएको थियो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति थियो । (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अष्ट्रेलियका राजदूतबाट विदाई भेट

आज मिति २०७३ साल चैत्र २२ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो कार्यावधि पूरा गरी फर्कन लाग्नु भएका नेपालका लागि अष्ट्रेलियाका राजदूत Mr. Glenn White बाट विदाई भेट तथा हाल नेपाल भ्रमणमा रहनुभएका अष्ट्रेलियाकी महिला तथा वालिका सम्बन्धी दूत Dr. Sharman Stone ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति थियो ।   (मोहनप्रसाद वाग्ले) प्रवक्ता