सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जर्मनीका Vice President of the Bundestag बाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र २८ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जर्मनीका Vice President of the Bundestag (Lower House of the German Federal Parliament) Mrs. Claudia Roth ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च  पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता