सम्माननीय राष्ट्रपतिज्यूसमक्ष गणतन्त्र कोरियाका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७३ साल चैत्र २८ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल स्थित गणतन्त्र कोरियाका राजदूत H.E. Mr. Choe Yong-jin ले शिष्टाचार बिदाइ भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता