सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अष्ट्रेलियका राजदूतबाट विदाई भेट

आज मिति २०७३ साल चैत्र २२ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो कार्यावधि पूरा गरी फर्कन लाग्नु भएका नेपालका लागि अष्ट्रेलियाका राजदूत Mr. Glenn White बाट विदाई भेट तथा हाल नेपाल भ्रमणमा रहनुभएका अष्ट्रेलियाकी महिला तथा वालिका सम्बन्धी दूत Dr. Sharman Stone ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता