सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीबाट भेट

आज मिति २०७३ साल चैत्र २१ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल (प्रचण्ड)ज्यूले  भेट गर्नुभयो । उक्त भेटघाटमा सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो हालै सम्पन्न मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमण तथा अन्य समसामयिक विषयमा जानकारी गराउनुभएको थियो । भेटमा माननीय परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतज्यू लगायत उच्च सरकारी अधिकारीहरुको समेत उपस्थिति थियो ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता