सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जनवादी गणतन्त्र चीनका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र २५ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल स्थित जनवादी गणतन्त्र चीनका राजदूत H.E. Ms. Yu Hong ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता