विश्व मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

समष्टिगत रुपमा मानव अधिकारको संरक्षणमा जुट्न अभिप्रेरित गरौं (“stand up for someoneÚs rights today”) भन्ने नाराका साथ विश्वव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको ६८ औं विश्व मानव अधिकार दिवस १० डिसेम्बर २०१६ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन  र प्रभावकारी कार्यान्वयनको सुनिश्चिततालाई जोड दिएको छ । संविधान र कानूनद्वारा प्रदत्त आधारभूत मानव अधिकारको प्रत्याभूतिका लागि मुलुकमा विभिन्न संस्थागत संरचनाहरु तथा नीतिगत एवम् कानूनी व्यवस्थाहरु गरिएका छन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट राजनीतिक दलका नेताहरुसँग भेट

आज मिति २०७३ साल मंसिर १९ गते आइतबारका दिन राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग भेट गर्नुभयो । उक्त अवसरमा नेपालको संविधानको कार्यान्वयनमा देखापरेका चुनौती तथा समसामायिक राजनीतिक विषयहरुमा छलफल भयो । सो अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापतिज्यू, पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्षज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकारी अध्यक्षज्यू, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्षज्यू, संघीय समाजवादी फोरम नेपालका अध्यक्षज्यू, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्षज्यू लगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले समेत आ-आफ्नो धारणा राख्नु भएको थियो । उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, व्यवस्थापिका-संसदका सम्माननीय सभामुखज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, पूर्व सभामुखज्यूहरु Read More …

विवाह पञ्चमीको उपलक्ष्यमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

त्रेता युगमा मर्यादापुरुष श्री राम र जनक नन्दिनी भूमीपुत्री जानकीको विवाह सम्पन्न भएको आजको पावन दिनमा मार्ग शुक्ल पञ्चमी नेपालको खास गरी मिथिला क्षेत्रमा विवाह पञ्चमीको रुपमा हर्षोल्लासका साथ मनाइरहेको अवसरमा सम्पूर्ण आदरणीय दिदी बहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रत्येक वर्ष मार्ग शुक्ल प्रतिपदादेखि नै जनकपुरधाममा नगर परिक्रमा, फूलबारी लिला, धनुषयज्ञ र तिलकोत्सव लगायतका विभिन्न उत्सव आयोजना गरी भव्य रुपमा मनाइने विवाह पञ्चमीमा नेपाली नागरिकहरु मात्र नभएर मित्रराष्ट्र भारतका समेत विभिन्न स्थानबाट ठूलो संख्यामा नरनारीहरु जनकपुरधाममा भेला भई उत्सवमा सहभागि हुने परम्परा रही आएकोछ । धार्मिक साँस्कृतिक विविधताले सम्पन्न हाम्रो देशमा विवाह पञ्चमी जस्ता उत्सवहरुले विभिन्न धर्म, Read More …

२५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

“हासिल गरौं दिगो विकासका १७ लक्ष्य M सुनिश्चत गरौं हामीले चाहेको भविष्य Æ-Achieving 17 goals for the future we want ) भन्ने मूल नाराका साथ विश्वव्यापी रुपमा मनाउन लागिएको २५ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइ एवं यस क्षेत्रको मानवीय भवनासाथ संलग्न व्यक्तिहरु, निकाय तथा अपाङ्गता भएका व्यक्तिका अभिभावक सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अपाङ्गता भएका व्यक्तिहरुलाई दया र मायाको दृष्टिले होइन अधिकारमूखी दृष्टिकोणबाट विकासको मुलप्रवाहमा समाहित गर्दै आत्मनिर्भर तुल्याउने नीति नेपाल सरकारले आत्मसात गरेको छ । यसैगरी अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानित, स्वाभिमानपूर्वक जीवनयापन गर्न सक्‍ने वातावरण निर्माण गर्न अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ साल मंसिर १७ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनालीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगबाट आ.व. २०७२/०७३ मा सम्पादन गरिएका कार्यहरु तथा सुझावसहित समावेश भएको सन्ताउन्नौ वार्षिक प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा लोक सेवा आयोगका माननीय सदस्यहरु लगायत राष्ट्रपतिको कार्यालयका एवम् लोक सेवा आयोगका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो । (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल मंसिर १७ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत पदमा कार्यरत श्री रमेश प्रसाद खनाललाई होली सीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि विभिन्न मुलुकका महामहिम राजदूतहरुद्वारा ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७३ साल मंसिर १५ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत, प्रधान सेनापति श्री राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका सचिव श्री भूपेन्द्रप्रसाद पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव श्री शंकरदास वैरागी लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय 1. पोर्चुगल H.E. Mr. Joao do Carmo Ataide Da Camara गैरआवासीय 2. कुवेत H.E Mr. Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल मंसिर १२ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत पदमा कार्यरत श्री अमृतबहादुर राईलाई लेसेथो अधिराज्य, तान्जानिया र मौरिशसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि चीनका महामहिम राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल मंसिर १० गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि चीनका राजदूत महामहिम श्रीमती यू होङबाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र चीनबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । उक्त अवसरमा राष्ट्रपतिको कार्यालय एवम् परराष्ट्र मन्त्रालयका उच्चपदस्थ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूले महिला बिरुद्ध हुने हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवस २०७३ का अवसरमा दिनुभएको शुभकामना सन्देश

प्रत्येक वर्षको नोभेम्बर २५ लाई संयुक्त राष्ट्र संघको महासभाले महिला बिरुद्ध हुने हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय  गरेको छ । नेपालमा पनि “घर शान्ति नै  विश्व शान्तिको आधारः दीगो विकासका लागि लैंगिक हिंसा रहित समाज” भन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाउन लागिएकोमा मलाई अत्यन्तै खुशी लागेको छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जनसंख्याको आधाभन्दा बढि हिस्सा ओगटेका महिलाहरू परिवार, समाज र राज्यमा बराबर हिस्सा राख्ने सम्मान र प्रतिष्ठाका हकदार हुन् । बोक्सीको आरोप, दाइजोको लेनदेन, छाउपडी Read More …