सम्माननीय राष्ट्रपतिज्यूबाट राजनीतिक दलका नेताहरुसँग भेट

आज मिति २०७३ साल मंसिर १९ गते आइतबारका दिन राष्ट्रपतिभवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग भेट गर्नुभयो । उक्त अवसरमा नेपालको संविधानको कार्यान्वयनमा देखापरेका चुनौती तथा समसामायिक राजनीतिक विषयहरुमा छलफल भयो । सो अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापतिज्यू, पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्षज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकारी अध्यक्षज्यू, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्षज्यू, संघीय समाजवादी फोरम नेपालका अध्यक्षज्यू, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्षज्यू लगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले समेत आ-आफ्नो धारणा राख्नु भएको थियो । उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, व्यवस्थापिका-संसदका सम्माननीय सभामुखज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, पूर्व सभामुखज्यूहरु लगायत व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता