सम्माननीय राष्ट्रपतिज्यूले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापती पदमा तोक्नु भएको

आज मिति २०७३ साल कात्तिक १९ गते शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुख Chief of Army Staff General Abu Belal Muhammad Shafiul Huq, NDC, PSC को निमन्त्रणामा मिति २०७३/७/३० गते देखि मिति २०७३/८/५ सम्म त्यसतर्फ जानुहुने भएकोले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रधान सेनापतिको अनुपस्थितिमा प्रधान सेनापतिले गर्ने दैनिक प्रशासनिक कार्य गर्न नेपाली सेनाका ब्य.नं. ११८१ बलाधिकृत रथी श्री बलदेवराज महतलाई नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति पदमा तोक्नु भएको छ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता