छठ पर्व २०७३ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

सूर्य देवता र छठ माताको पूजा आराधाना गरी मनाइने नेपालीहरुको महान पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवरिक जमघाट गराउने, मनोरञ्जनको माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने अनि खुसी एवं मनोरञ्जन साटासाट गर्ने अवसर जुटाई राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

अन्तमा, यस छठ पर्वले हामी सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपालको संविधानको सफल कार्यान्वयन गर्ने दिशामा प्ररेणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यबाद !

२०७३ साल कार्तिक २१ गते आइतबार ।