सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले विजयी क्रिकेट टिमलाई दिनुभएको बधाई तथा शुभकामना सन्देश
सर्व प्रथम त म एसीसी यू – १६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर स्वदेश फर्कनुभएका नेपाली खेलाडी, प्रशिक्षक र अफिसियलसहित सबैलाई राष्ट्रपति भवन शीतलनिवासमा हार्दिक स्वागत गर्दछु । मलेसियामा शनिबार सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू – १६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुको प्रतिष्ठा उँचो बनाउनु भएकोमा म तपाईँहरू सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यसले नेपाल र नेपालीको इज्जत, प्रतिष्ठा बढाएको छ । यो सफलता तपाईँहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल हो । नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय र खुसी तुल्याउने खालको छ Read More …