मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नु भएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  १. श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री  २. श्री रघुबीर महासेठ उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात  ३. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री परराष्ट्र ४. श्री रवि लामिछाने उपप्रधानमन्त्री गृह  ५. श्री उपेन्द्र यादव उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या  ६. श्री वर्षमान पुन मन्त्री अर्थ  ७. श्री शक्तिबहादुर बस्नेत मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ ८. श्री भानुभक्त जोशी मन्त्री सङ्घीय मामिला Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मी लगायत महिला हक, अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्णमा सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ । यस वर्ष  अन्तर्राष्ट्रिय महिला दिवसको लागि संयुक्त राष्ट्र संघबाट “Invest in women :Accelerate progress” भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको छ भने “महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी” भन्ने  राष्ट्रिय नाराका साथ यस दिवस मनाइरहेका छौं । Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले महाशिवरात्री पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

महाशिवरात्रि पर्व, २०८० को शुभकामना सन्देश महाशिवरात्रि पर्व, २०८० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । शिवोत्पत्ति भएको विश्‍वास गरिने  मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुहरूको लागि पनि गौरवको विषय हो । हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्‍वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ । तसर्थ, आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् Read More …

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले मिति २०७९ साल पुस ११ गते सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ज्यूको  नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  1. श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री वन तथा वातावरण र स्वास्थ्य तथा जनसङ्ख्या  2. श्री रघुबीर महासेठ उपप्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात  3. श्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री परराष्ट्र 4. श्री रवि लामिछाने उपप्रधानमन्त्री गृह  5. श्री वर्षमान पुन मन्त्री अर्थ  6. श्री शक्तिबहादुर बस्नेत मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ Read More …

मन्त्रिपरिषद् गठन

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  १. श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री अर्थ; उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाइ; कानून, न्याय तथा संसदीय मामिला; कृषि तथा पशुपन्छी विकास; खानेपानी; गृह; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार Read More …