सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ब्रम्हाजीको प्रतिमा अनावरण तथा ब्रम्हा पार्कको उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन
माननीय प्रतिनिधिसभा सदस्य‚ स्थानीय तहका जनप्रतिनिधिहरू, महादेव खोला‚ ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजका अध्यक्ष तथा पदाधिकारीहरू‚ राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, भद्र महिला तथा सज्जन वृन्द । महादेव खोला, ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजद्वारा निर्मित ब्रम्हाजीको प्रतिमा अनावरण तथा ब्रम्हा पार्कको उद्घाटन समारोहमा उपस्थित भई तपाईंहरूसँग साक्षात्कार गर्ने अवसर प्राप्त भएकोमा मलाई खुसी लागेको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्न तथा यस क्षेत्रलाई आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्य सहित ब्रम्हाजीको प्रतिमायुक्त पार्कको निर्माण गर्ने सत्कार्यका लागि महादेव खोला, ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजलाई म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । हाम्रो धर्मशास्त्रमा देवताहरूको कार्य विभाजनलाई आधार बनाई तेत्तीस कोटी देवता भएको Read More …