ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत H.E. Mr. Chen Song ले राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

२०७९ साल पुस २९ गते शुक्रबार ।

(सागर आचार्य)

प्रवक्ता