सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्‍चमीको अवसरमा दिनुभएको शुभकामना सन्देश

विवाह पञ्चमीको शुभकामना सन्देश माता सीता र भगवान् रामको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु । प्राचीन कालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्व रहेको छ । प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई यस पर्वको केन्द्र मानिने हुनाले यस दिन जनकपुरस्थित सागरहरूमा सन्ध्या आरती गर्ने, रामायणमा वर्णन भएका घटनाहरूको स्मरण एवम् कथा वाचन गर्ने परम्परा रही आएको छ । यसैगरी विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने समेत परम्परा रहेको छ । यस वर्ष कोभिड-१९को Read More …

अध्यादेश जारी

आज मिति २०७७ साल मङ्‌सिर ३० गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ (बद्रिनाथ अधिकारी) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको शुभकामना सन्देश ७२औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु । सन् १९४८ डिसेम्वर १० तारिखमा विश्‍वव्यापी मानवअधिकार घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रूपमा प्रत्येक वर्ष मनाइने गरिन्छ । मानवअधिकारका विषयहरू अविभाज्य रहने तथा तिनको अन्तर्राष्ट्रिय आयाम हुने मान्यतालाई नेपाल लगायत संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरूले स्वीकार गरेका छन् । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महत्वका साथ अंगीकार गरेको छ । समावेशीकरणको नीतिद्वारा सबै वर्ग र समुदायका सिमान्तकृत नागरिकलाई Read More …

अध्यादेश जारी

आज मिति २०७७ साल मङ्‌सिर २१ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ २. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ (बद्रिनाथ अधिकारी) प्रवक्ता

ओहदाको प्रमाणपत्र ग्रहण

आज मिति २०७७ साल मङ्‌सिर १८ गते, बिहीबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. थाइल्याण्ड अधिराज्य H.E. Mr. Vosita Vorasaph आवासीय २. स्टेट अफ इजरायल H.E. Mr. Hanan Goder-Goldberger आवासीय ३. जनवादी गणतन्त्र बंगलादेश H.E. Mr. Salahuddin Noman Chowdhury आवासीय ४. रिपब्लिक अफ युनियन अफ म्यानमार H.E. Mr. Sein Oo आवासीय (बद्रिनाथ अधिकारी) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश

२९औँ अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना सन्देश अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्वर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने गरिएको छ । ‘कोभिड-१९ पश्‍चात्‌को उत्कृष्ट पुनरागमनको सुनिश्‍चितताः अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिवद्धता’ भन्ने राष्ट्रिय संकल्पका साथ नेपालमा पनि अपाङ्गता दिवस मनाउन लागिएको छ । नेपालको संविधानले अपाङ्गता Read More …

न्याय परिषद सदस्य पदमा नियुक्त

आज मिति २०७७ साल मङ्‌सिर १५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद श्रेष्ठ (प्र.प.नं. ९२) लाई न्याय परिषद सदस्य पदमा नियुक्त गर्नु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गुरूनानक जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरुनानक जयन्तीको शुभकामना सन्देश सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरुनानक जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सिख धर्मका प्रवर्तक गुरुनानकको जन्म वि.सं. १५२६ कार्तिक शुक्ल पूर्णिमाको दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । सिख समुदायले हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरू गरी गुरुनानकको जन्मजयन्ती मनाउने गर्दछन् । सिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नुहुने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त गरी समाजमा आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क Read More …

सम्माननीय राष्ट्रपतिज्यू समक्ष चीनका State Councillor and  Defence Minister बाट शिष्टाचार भेट

आज मिति २०७७ साल मङ्‌सिर १४ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपाल भ्रमणमा रहनु भएका मित्रराष्‍ट्र जनवादी गणतन्त्र चीनका State Councillor and  Defence Minister H.E. Gen. WEI Fenghe ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्‍ट्रपतिज्यूले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवम् स्वतन्त्रताको सम्मान गर्दै आएकोमा मित्रराष्ट्र चीनको सराहना गर्नुभयो । साथै, उहाँले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढीकरण गर्न यो भ्रमण कोशेढुंगाको रूपमा रहने विश्‍वास व्यक्त गर्नुभयो । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरू र चिनियाँ राजदूतसहित प्रतिनिधि मण्डलका सदस्यहरूको समेत उपस्थिति थियो । (बद्रिनाथ अधिकारी) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस, २०७७ का अवसरमा दिनुभएको शुभकामना सन्देश

महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस, २०७७ को शुभकामना सन्देश “महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस” (नोभेम्बर २५) को अवसरमा विश्‍वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्‍वभर मनाउने निर्णय गरेबमोजिम यस वर्ष नेपालले पनि “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” भन्‍ने राष्ट्रिय संकल्पका साथ आज नोभेम्बर २५ देखि आगामी डिसेम्बर १० सम्म “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” सञ्‍चालन गर्दैछ । कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला Read More …