सम्माननीय राष्ट्रपतिज्यू समक्ष थाइल्याण्डका राजदूतबाट बिदाइ भेट

आज मिति २०७३ साल असोज १० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र  थाइल्याण्डका महामहिम राजदूत Mr. Vutti Vuttisant ले  बिदाई भेट गर्नु भयो । भेटमा दुई देशबीच रहिआएको निकट राजनीतिक, साँस्कृतिक, आर्थिक र व्यापारिक सम्बन्ध तथा अन्तर्राष्ट्रिय मामिला र मञ्चमा दुबै देशको समान दृष्टिकोण रहने लगायतका बिषयमा कुराकानी भयो । उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले गतवर्षको विनाशकारी भूकम्पपश्चात राहत र खोजी कार्य तथा पुनर्निर्माण कार्यमा थाइ सरकारबाट प्राप्त सहयोगको लागि थाइ सरकार तथा जनतालाई धन्यवाद दिनुहुँदै महामहिम राजदूतले नेपालमा रही निर्वाह गर्नुभएको सराहनीय भूमिकाप्रति महामहिम राजदूतलाई धन्यवाद समेत दिनुभयो ।

(ध्रुवराज आचार्य)

सहायक प्रवक्ता