सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जापानका प्रतिनिधिसभाका सदस्य तथा नेपालका लागि जापानका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल असोज १० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र  जापानका प्रतिनिधिसभाका सदस्य तथा जापान-नेपाल संसदीय मैत्री समूहका सदस्य Hon. Mr. Kotaro Nagasaki र नेपालका लागि जापानका महामिहम राजदूत Mr. Masashi OGAWA समेतको टोलिबाट शिष्टाचार भेट भयो । उक्त भेटमा नेपाल-जापानबीचको सुमधुर कुटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वर्ष पुगेको सुखद् अवसरमा दुई देशबीचको निकट साँस्कृतिक र जनस्तर देखिको सम्बन्ध र आपसी सहयोगलाई थप सुदृढ बनाउँदै जानुपर्ने लगायतका बिषयमा कुराकानी भयो । उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन नेपाल-जापान संसदीय मैत्री समूह र महामहिम राजदूतबाट भएको योगदानको प्रशंसा गर्दै धन्यवाद समेत दिनुभयो ।

(ध्रुवराज आचार्य)

सहायक प्रवक्ता