सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चेक गणतन्त्रको संसद Chamber of Deputies का Vice President को नेतृत्वको टोलिबाट शिष्टाचार भेट

आज मिति २०७३ साल असोज ४ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र चेक गणतन्त्रको संसद Chamber of Deputies का Vice President Dr. Vojtech Filip को नेतृत्वमा रहेको चेक गणतन्त्रका महामहिम राजदूत Mr. Milan Hovorka सहितको टोलिबाट शिष्टाचार भेट भयो । भेटमा नेपाल र चेक गणतन्त्रबीचको घनिष्ट कूटनीतिक सम्बन्ध तथा दुई देशबीचको आपसी सहयोग र हितलाई थप विस्तार गर्दै जानुपर्ने लगायतका विषयमा कुराकानी भयो ।

(ध्रुवराज आचार्य)

सहायक प्रवक्ता