कैद कट्टा गरी माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मिति २०७७ साल फागुन ७ गते देखि लागू हुने गरी सर्वोच्च अदालतको मिति २०७७/४/१९ को परमादेश समेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ लागू हुनु पूर्व गरेको कसूरमा जन्मकैदको सजाय भई २०७७/११/६ सम्ममा कम्तीमा ५०% (पचास प्रतिशत) कैद भुक्तान भएको र असल चालचलन भएका त्वातिके भन्ने सुदिप लिम्बु समेत १७९ (एक सय उनासी) जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा  भएको छ ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता