विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ ।
नाम, थर र वतन | हाल कार्यरत पद र अदालत/वरिष्ठ अधिवक्ता, प्र.प.नं. | नियुक्ति गरिएको पद र अदालत |
श्री सारङ्गा सुवेदी | न्यायाधीश, उच्च अदालत जनकपुर | न्यायाधीश, सर्वोच्च अदालत |
श्री अब्दुल अजिज मुसलमान | न्यायाधीश, उच्च अदालत पाटन, हेटौंडा इजलास | न्यायाधीश, सर्वोच्च अदालत |
श्री महेश शर्मा पौडेल | न्यायाधीश, उच्च अदालत पाटन | न्यायाधीश, सर्वोच्च अदालत |
श्री टेकप्रसाद ढुङ्गाना | न्यायाधीश, उच्च अदालत पाटन | न्यायाधीश, सर्वोच्च अदालत |
श्री सुनिल कुमार पोखरेल | वरिष्ठ अधिवक्ता, प्रमाणपत्र नम्वर ५०० | न्यायाधीश, सर्वोच्च अदालत |
श्री बालकृष्ण ढकाल | वरिष्ठ अधिवक्ता, प्रमाणपत्र नम्वर ५५२ | न्यायाधीश, सर्वोच्च अदालत |
२०८० साल पुस ४ गते बुधबार ।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता