आज मिति २०७३ साल असोज १० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि मित्रराष्ट्र थाइल्याण्डका महामहिम राजदूत Mr. Vutti Vuttisant ले बिदाई भेट गर्नु भयो । भेटमा दुई देशबीच रहिआएको निकट राजनीतिक, साँस्कृतिक, आर्थिक र व्यापारिक सम्बन्ध तथा अन्तर्राष्ट्रिय मामिला र मञ्चमा दुबै देशको समान दृष्टिकोण रहने लगायतका बिषयमा कुराकानी भयो । उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले गतवर्षको विनाशकारी भूकम्पपश्चात राहत र खोजी कार्य तथा पुनर्निर्माण कार्यमा थाइ सरकारबाट प्राप्त सहयोगको लागि थाइ सरकार तथा जनतालाई धन्यवाद दिनुहुँदै महामहिम राजदूतले नेपालमा रही निर्वाह गर्नुभएको सराहनीय भूमिकाप्रति महामहिम राजदूतलाई धन्यवाद समेत दिनुभयो ।
(ध्रुवराज आचार्य)
सहायक प्रवक्ता